देशमा संघिय व्यवस्था लागु भईसकेपछि प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा उदयपुर जिल्ला कार्यक्षेत्र रहने गरी वि.सं.२०७५ साल असार २६ गते नेपाल सरकारको मन्त्रीपरिषदवाट निर्णय भई विधिवत रुपमा कृषि ज्ञान केन्द्र, उदयपुर स्थापना भएको हो l उदयपुर जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई समय सापेक्ष नयाँ प्रविधिको माध्यमबाट आधुनिकिकरण र व्यवसायीकरण गरी समग्र जिल्लावासीको जीवस्तरमा सुधार ल्याउनु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ l